
माछापुच्छ्रे : माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो।
बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका सचीव राजेन्द्र गौतम, क्याप्टेन सन्तोष गुरुङ , स्मार्ट लाहाचोकका सँयोजक भगवान शाही , युवा समाजसेवि दिलिप रानाभाट , लगायत तीन दर्जन युवायुवतीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा चाँप लप्सी कपुर , बकाइनो जातका ८०० बिरुवा लगाइएको बिरुवा व्यवस्थापनको जिम्मा पाएका शुशिल श्रेष्ठ अभागी एकलयात्री ले जानकारी गराए। आफुहरूले पोहर देखि नै बृक्षारोपण गराउन लागि परेको र अहिले आएर सो कार्यक्रम सफल गराउन सकेकोमा योजनाकार एवं वैदेशिक रोजगार टिमका सदस्यद्वय लबि क्षत्री र कवि क्षत्रीले खुसी व्यक्त गरे। कार्यक्रम क्लबका अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।