वीरगञ्ज : वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने क्रम जारी छ । शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन । उनको शुक्रबार राति कोरोना संक्रमण मृत्यु पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि बयोधाले कोरोना अस्थायी अस्पताल रिफर गरेको थियो । तर, उनको बयोधामा नै निधन भएको थियो ।
यसअघि लगातार चार दिन वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।

२०७७ श्रावण १८, आईतवार ०७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय