बर्दिबास : मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर एक युवाले आफ्नो छोराको जन्मदिनको अवसरमा बालउद्यान निर्माणमा आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।

आईतबार साउन १८ गते जन्मदिन परेका महोत्तरीको बलवा नगरपालिका-७ का नबिन महतोको छोरा नबिस कुमार महतो ३ वर्ष पुरा गरि ४ वर्षमा प्रवेश गरेको अवसर पारेर महोत्तरीको बर्दिबास-९ स्थित पशुपतिनगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा निर्माण भइरहेको बालउद्यान निर्माणमा ५ हजार एक सय नगद सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बालउद्यान निर्माणमा सहयोग गरेको नबिन महतो बताए। रकम सहयोग पाए पछि बालउद्यान निर्माणमा जुटेका जनसहयोगी युवा संजालको तर्फबाट संजालका अध्यक्ष परमेश्वर महतोले भने यस्ता-यस्ता रकमले निर्माणमा ठूलो सहयोग हुने उनले बताए ।

२०७७ श्रावण १८, आईतवार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय