जनकपुरधाम : बहिनी भाईको पर्व रक्षाबन्धनको सन्देशले समाजिक संजाल भरिभराउ रहयो । कोरोना भाइरसको महामारीका कारण घर आउन नसकेका भाईहरुलाई बहिनीले समाजिक संजालबाट राखिसहितको शुभकामना संदेश पठाएका छन् । रक्षा बन्धन गरेको तस्वीरले त समाजिक संजाल झनरंगविरंगी भयो । देश विदेशमा रहेका दाजूभाईलाई दिदी बहिनीलेसफलताको कामना गर्दै सन्देश पठाएका छन् ।

लामो समयदेखि सवारी साधन सुचारु नहुँदा टाढा रहेका दाजूभाई घर फर्किन सकेका छैनन् । यता सप्तरीमा कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व मनाउन घरमै सीमित हुनुपर्दा खल्लो महसुस गरिएको छ । तराई मधेशमा भाईबहिनीको प्रेम तथा सद् भावको प्रतिक मानिने रक्षाबन्धन पर्व अधिकांश भाईबहिनीका लागि खल्लो बन्यो ।

लगातार १२ औं दिनसम्मको निषेधाज्ञा सोमबार पनि जारि रहदा घर बाहिर रहेका कतिपय दाजुभाई दिदीबहिनी एक आपसमा भेटघाट गर्न पाएनन् । यसरी बाहिर रहेका दाजुभाई र दिदीबहिनीले मोवाइलको प्रयोग गरि आनलाईन मार्फत एक आपसमा सद्भाव साटासाट गरेर रक्षाबन्धन पर्व मनाएका छन् । घरमा रहेका दिदीबहीनीले भने दाजुभाईको हातमा राखी बाँधेर दिर्घायुको कामना गर्द रक्षाबन्धन पर्व मनाएका छन् । राखीका पसलसँगै मिठाई पसल फाटफुट खुलेपनी ग्राहकको उपस्थिति न्यून देखिएको थियो ।

नगरका सम्पूणर् मन्दिरहरु पनि लकडाउनका कारण बन्द रहदा साउनको अन्तिम सोमबार भक्तजनहरु पूजापाठ नगरि निरास भई फर्किएका थिए । साउने सोमबारका दिन विषेश गरि शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेकोमा कोरोनाका जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनको निर्देशनमा मन्दिर बन्द गरिएको पुजारीहरुले बताएका छन् ।(फोटो सामाजिक संजालबाट)

२०७७ श्रावण २०, मंगलवार ०८:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय