
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको हो ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।
मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् । प्रवक्ता गौतमका अनुसार लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ ।