File: Photo

जनकपुरधाम : जनकपुरको एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ । जनकपुर स्थित रामजानकी अस्पततालमा एक सुत्केरी महिलालाई फरक रगत समुहको रगत चढाउँदा ज्यान गएको हो ।

महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ । ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भएपनि घटना शुक्रवार सार्वजनिक भएको हो ।
व्यथा लागेपछि बिहीबार अपराहन ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया (अप्रेशन) मार्फत गंगा देवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत सेम्पल सहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

नेपाल रेडक्रस सोसाईटी धनुषा जनकपुरले दिएको दुई पोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केहि बेर पश्चात सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले अन्नपूणर्लाई बताए ।
अस्पतालले भने अनुसार नै सेम्पल लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजेटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् । दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।

छोरी पाए श्रीमति गुमाए
पहिलो सन्ताको रुपमा घरमा आउन लागेको नयाँ सदस्यको अवगमनमा श्रीमती सहित घरपरिवारका सदस्य सहित राजकिशोर महतो औैँधी खुशी थिए । आखिर किन नहोस् पहिलो सन्तानको प्रतिक्षा महतो दम्पतीलाई जो थियो । तर राज किशोर र उनको परिवारको खुशी समय टिकेन ।
उनी सन्तानको रुपमा छोरी त पाए तर श्रीमती गुमाए । अस्पताल र रेडक्रसको लापरवाहीले उनको २३ वर्षिया श्रीमती गंगादेवी महतोले ज्यान गुमाउनु पर्‍यो । अस्पताल न रेडक्रसले ब्लड ग्रुप छुट्टयाएर सैम्पल नपठाउँदा तथा रेडक्रसले क्रस फेरिफाईङ्ग नगर्दा श्रीमति गंगाको मृत्यु भएको राजकिशोरको आरोप छ । ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि मृत्यु भएका गंगाको मृत्यु बारे घटना शुक्रबार बिहान साढे ९ बजे मात्र सार्वजनिक भएको थियो ।

अस्पताल र रेडक्रसको लापरवाहीले सुत्केरी महिलाको मृत्यु भएपछि परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव भने अहिले पनि रामजानकी हस्पिटलको आइसीयुमा राखिएको छ । परिवारजनले शव उठाउन नमानेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा पक्राउ गरी लगिएको छ ।

लापरवाही कस्को ?
महोत्तरीको बर्दिवास्थित शुभ स्वस्तिक अस्पतालमा गंगाले नियमित चेकजाँचको क्रममा चिकित्सकले बच्चाको तौल साढे ३ किलो र आमा स्वास्थ्य कमजोर रहेकोले अपरेशन गर्नु सुझाए । चिकित्सकको सल्लाह बमोजिम बिहिबार अपरान्ह ४ बजे रामजानकी हस्पिटल अस्पतालमा भर्ना भए । गाइनोकलोजिष्ट शैलेन्द्र साहले शल्यक्रिया मार्फत सुत्केरी गराउने सल्लाह अनुरुप शल्यकृयापछि गंगादेवीले छोरी जन्माईन ।
चिकित्सकले गंगा देवीलाई रगतको खाँचो पर्ने भन्दै पहिल्यै १ प्रिन्ट रगतको व्यवस्था गर्न भने बमोजिम रगतको व्यवस्था समेत भएको थियो । गंगादेवीको रगगतको सैम्पल सहित रेडक्रसले गंगा देवीको ब्लड ग्रुप बी पोजिटिभ रहेको श्रीमान राजकिशोरको पनि ब्लड ग्रुप सोही रहेकोले उनले एक पोका रगत दिएर चढाउन लगाए ।

रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको अस्पतालको प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए । पछि अस्पतालकै ल्याबमा रगतको जाँच हुँदा ओ पोजेटिभि ठहरिएको थियो । पछि रगत लिन जाँदा रेडक्रसले पनि ओ पोजिटिभ रगत नै दिएको गुप्ताले बताए । उनले भने ‘बी पोजिटिभ ब्लड ग्रुप ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरी कसरी ओ पोजेटिभ ठहर गर्यो हामीलाई थाहा छैन, हामीले ल्यावमा जाँच गरेपछि मात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौँ ।’

२०७७ श्रावण २३, शुक्रबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय