जनकपुरधाम: शिक्षा पत्रकार समूहको प्रदेश २ संयोजकमा दिपेन्द्रप्रसाद सिंहलाई सर्वसम्मत चयन गरिएको छ । शिक्षा पत्रकार समुहको बुधबार बसेको केन्द्रिय कार्यसमिति बैठकले सातै प्रदेशमा प्रादेशिक संरचना विस्तार गर्ने निर्णय गरेसँगै प्रदेश २ को संयोजकमा सिंहलाई चयन गरिएको हो ।

शिक्षा क्षेत्रमा लामो समयमदेखि पत्रकारिता गर्दै आएका सिंह यस अघि शिक्षा पत्रकार समुहको धनुषा संयोजक भई निक शिक्षा दिअ परियोजनाको संयोजकको रुपमा कार्यरत रहेका थिए । हाल सिंह न्युज कारोवार डटकमको प्रदेश २ संयोजक र क्षिरेश्वरनाथ डटकमका प्रकाशक तथा सम्पादक भई काम गरि रहनुभएको छ ।

शिक्षा पत्रकार समुहको सातै प्रदेशमा चयन गरिएको संयोजकहरुमा क्रमशः प्रदेश १ मा राधिका खनाल, प्रदेश २ मा दीपेन्द्रप्रसाद सिंह, बाग्मति प्रदेशमा धु्रव अधिकारी, गण्डकी प्रदेशमा केशवशरण लामिछाने, प्रदेश ५ मा मनोज पौडेल र सुदुरपश्चिम प्रदेशमा शिवराज भट्टलाई संयोजक तोकेको छ ।

संयोजकले शिक्षा पत्रकार समूहको आवश्यकताअनुसार प्रादेशिक कार्यसमिति गठन गर्ने छन् ।

२०७७ श्रावण २३, शुक्रबार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय