मुम्बई : कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ ।
यसैबीच बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि उनी सर्वाधिक महँगी भारतीय अभिनेत्री भएकी छन् । यो जोडी नाग आश्विनको निर्देशनमा बन्ने ‘साइफाई फिक्सन’मा एकसाथ देखिन थालेको छ । दीपिका र प्रभासको जोडी बाँध्न निर्माताले महँगो रकम खर्चिएका हुन् ।

बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीमा दीपिका पादुकोणसँगै आलिया भट्ट, अनुष्का शर्मा लगायतको नाम अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्मा पनि महँगो नायिकाको गणनामा छिन् । ‘पाताल लोक’ र ‘बुलबुल’को निर्माताका रूपमा समेत काम गरेकी अभिनेत्री शर्माले उत्कृष्ट अभिनयको छाप छाडेकी छन् । यहाँ केही बलिउड अभिनेत्रीको कमाइको चर्चा गरिन्छ :

दीपिका पादुकोण

महँगी अभिनेत्रीको चर्चा गर्दा दीपिका पादुकोणको नाम स्वतः अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाइ गरेर १०औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनी चौथो नम्बरमा पुगेकी छन् । उनको पछिल्लो वर्षको कमाइ १११।८ करोड भएको छ ।

आलिया भट्ट

आलिया भट्ट पछिल्लो समय अधिक कमाइ गर्ने अभिनेत्रीमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचीमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाइ ५९।२१ करोड रहेको छ।

प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको टप सय सेलिब्रिटीको सूचीमा पर्छिन् । उनी ४९ नम्बरबाट १४औं मा आइपुगेकी छन् । पछिल्लो समय प्रियंकाको कुल कमाइ २३।४ करोड थियो । इन्स्टाग्राममा धनीको सूचीमा सन् २०१९ की सबैभन्दा धनी भारतीय सेलिब्रिटीका रूपमा पनि उनी मनोनयन भएकी थिइन् । उनले पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १।९२ करोड पाउँछिन् ।

अनुष्का शर्मा

अभिनेत्री तथा निर्मात्री अनुष्का शर्माको सन् २०१९ को कमाइ २८।६७ करोड थियो । उनी सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको सूचीमा २१औं नम्बरमा पर्छिन् ।

कैटरिना कैफ

बलिउड अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष कमाइ २३।६३ करोड थियो । उनी धनी अभिनेत्रीहरूको सूचीमा २३औं नम्बरमा पर्छिन् । उनी केही ठूला ब्रान्डका एम्बेसडरसमेत हुन् । यो समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

२०७७ श्रावण २५, आईतवार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय