File Photo / Nepalvani

जनकपुरधाम : जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा पुनः एकहप्ता थप्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा एकहप्ता थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण फैलिदै गएपछि निषेधाज्ञा एहप्ता थपिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बैंक तथा वितीय संस्थाहरु सिफ्ट बमोजिम खोल्ने, यात्रु निवासलाई क्वारेन्टाइन बनाउने र आइशोलेशन अझै थप्ने निर्णय पनि भएको छ ।

पूर्वमा जनकपुरको कपिलेश्वर बसपार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिणमा बनौली मोड तथा बसहिया रोडको सोनासति मन्दिर (प्रदेशसभा जाने मोड)बीचको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यसअघि साउन १९ गते आईतवार राति १२ बजेदेखि साउन २५ गते आईतवार राति १२ बजेसम्मका लागि यसअघि निषेधाज्ञा जारी गरेको थियो ।

२०७७ श्रावण २५, आईतवार १८:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय