डोटी : डोटीको आदर्श गाँउपालिका– १ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो ।

त्यस्तै घटनामा गरी उनकी आमा ताना लुहार र छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।

घटना गए राती करिब एक बजेको भएको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घाइतेहरुलाई थप उपचारका लागी साविकको जिल्ला सदरमुकाम ल्याइएको स्थानीय गोविन्द पार्कीले बताउनु भएको छ ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र वहादुर मल्लले बताउनु भएको छ ।

२०७७ श्रावण २७, मंगलवार ११:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय