काठमाडौं : सांसद प्रदीप यादवले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गर्नुभएको छ ।

१२ दिनपछि गरेको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्दै यादवले डाक्टरको सल्लाह–सुझाव अनुसार आत्मानुशान कायम गरी सुरक्षित रुपमा आइसोलेसनमा बसेकाले कोरोनालाई जित्न सफल भएको उल्लेख गर्नुभएको छ ।

अझै सात दिन घरमै आइसोलेसनमा बस्ने जानकारी दिँदै यादवले सुरक्षात्मक उपाय अपनाउन र भयभित नहुन सबैमा आग्रह गर्नुभएको हो । आफूले दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको पनि उहाँले लेख्नुभएको छ ।

दिनको तीन गिलास मह–कागती पानी तथा तीन–तीन घण्टामा मौसमको जुस खाएको भन्दै उहाँले बिहान आधाघण्टा र बेलुका आधाघण्टा जगिङ्ग र प्रणायाम गरेको पनि उल्लेख गर्नुभएको छ ।

२०७७ श्रावण २७, मंगलवार १४:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय