
एजेन्सी: बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ ।
केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको छ ।
उनी, अब तत्कालै उपचारका लागि अमेरिका जानुपर्ने भएका छन् । भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले सञ्जय स्तब्ध बनेका छन् ।
उनले तेस्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बिताउनुपर्नेछ ।
उनी, आफू निको हुनेमा आशावादी छन् । यो खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।