काठमाडौं: हाल देशभित्रको अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिबारदेखि सक्रिय मौसमका कारण आज देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

बिहिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२०७७ श्रावण २९, बिहीबार ०६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय