काठमाडौं : प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ । रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको छ ।

यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र सहवीर महरालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जना जिल्ला कमिटी सदस्य रहेका छन् । उनीहरुको साथबाट विभिन्न दस्ताबेज, निर्माण व्यवसायीलाई आर्थिक सहयागका लागि लेखिएको पत्र लगायत बरामत गरिएको छ ।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित विप्लव समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ । रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पनि पक्राउ परेका हुन् ।

२०७७ श्रावण २९, बिहीबार ११:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय