
अमेरिका: मधेशी एसोसीएसन इन अमेरिकाको विद्यार्थी कमिटि गठन गरिएको छ ।
राकेश यादवको नेतृत्वमा माले विद्यार्थी कमिटि गठन गरिएको मधेशी एसोसिएसन इन अमेरिकाको केन्द्रिय कमिटिले विद्यार्थी कमिटि गठन गर्न स्वीकृति दिएको छ ।
बिगतको महिना देखिनै राकेश यादव र रबि साहले विद्यार्थी कमिटि पनि गठन हुन् भनेर बिशेष जोरका साथ पहलमा जुटेका थिए । यधपी विद्यार्थी कमिटिको कार्यक्षेत्र भने अहिले माले छुट्याएको छैन तर शिक्षा धेरै महत्त्वपूर्ण भएको हुनाले मधेशी एसोसीएसन इन अमेरिकाको पहिलो प्राथमिकता शिक्षा हो र विद्यार्थी समितिलाई शैक्षिक समितिसँग जोडेको छ जसले विद्यार्थीहरूको भविष्यको दिशा अमेरिकामा उच्च शिक्षा हासिल गर्न दिने रबि साहले बताए ।
अहिले भने विद्यार्थी कमिटिको २३ जना सदस्य हुने छन् र राकेश यादवको नेतृत्वमा संचालनमा ल्याइने छन् । विद्यार्थी कमिटि बिशेष विद्यार्थी भाइबहिनिहरुलाई सहयोगको मूल भाव राखी गठन गरेएको हो ।
विद्यार्थी कमिटिको कार्यक्षेत्र र अझ नया सदस्यहरुको सुची तय गर्ने भनेर राकेश यादवले जानकारी दिएको छ । माले विद्यार्थी कमिटि गठन गरेकोमा हामी उहालाई अग्रिम बधाई तथा अझ सहयोगीहरुको हात उहाहरु संग अगाडी आउण र सहयोग गर्न भन्ने अपेक्षाको साथ अमेरिकामा बसोबास गरिरहेका विद्यार्थीहरुले शुभकामना समेत व्यक्त गरेका छन् ।
