
काठमाडौं : हाल देशका अधिकांश भू–भागको मौसममा समान्य देखि पूर्ण बदली रहेको छ ।
गत शनिबारदेखि पुनः सक्रिय भएको मनसुनका कारण आजपनि प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।
शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आजरातीसम्म देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।