काठमाडौं: आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।

११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

हाल क्वारेन्टिनमा १४ हजार ४४८ बसिरहेका छन् । पछिल्लो २४ घण्टामा १२४ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् ।

२०७७ श्रावण ३१, शनिबार १६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय