
- सुरेन्द्र सिंह
महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष अशोक महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षणमा शनिबार आएको रिपोर्टमा महतोमा संक्रमण पुष्टि भएको उनले बताए।
वडा अध्यक्ष महतोसहित भंगहा नगरपालिकाका थप ४ जनामा शनिबार कोरोना पुष्टि भएका भंगहा नगरपालिकाका नगर प्रमुख संजीव साहले बताए ।
वडा अध्यक्ष महतोले आफु सचेत रहँदापनि संक्रमित भएपछि नगरवासीहरुलाई थप सावधानी अपनाउन आग्रह गरे ।