काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हतारमा पीसीआर परीक्षण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमित व्यक्तिसँग सम्पर्क भयो भन्दैमा हतारमा परीक्षण नगर्न आग्रह गरेका हुन्।

हतारमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने तर व्यक्ति संक्रमित पनि हुन सक्ने डा. गौतमले बताए। ‘कोभिड–१९ पोजिटिभ भएकासँग सम्पर्कमा आएका व्यक्तिले तुरुन्त पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने गरेको पाइको छ,’ उनले भने, ‘पीसीआर पोजिटिभ आउन ५–७ दिन लाग्ने भएकाले त्यसो गर्दा ‘फल्स नेगेटिभ रिजल्ट’ आउन सक्छ।’
प्रवक्ता डा. गौतमले त्यसरी संक्रमितसँग सम्पर्कमा आएको ५ दिनपछि मात्र पीसीआर परीक्षण गर्न गराउन आग्रह गरेका छन्। ‘५ दिन नपुगी जाँच नगर्न नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, उनले भने, ‘५ दिनसम्म घरमै क्वारेन्टिनमा बस्नुहुन अनुरोध छ।’

२०७७ श्रावण ३२, आईतवार १४:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय