काठमाण्डौं : नेपालमा पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि भएको छ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो ३४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २४७ परीक्षण गरिएकोमा ६४१ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा १३४ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ३३५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ।

२०७७ श्रावण ३२, आईतवार १६:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय