
काठमाडौं : नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ ।
आज चाँदीको मूल्यमा पनि प्रति तोला दश रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।