महोत्तरी : महोत्तरीको मनरा सिसवा नगरपालिका ९ बथनाहा स्थित नेपाल भारत सिमामा दुर्लभ मुर्ति फेला परेको छ । माछा मार्न गएका स्थानीय २२ वर्षिया बलिंदर सदालाई नेपाल भारतको सिमा स्थित बुद्धको जस्तो देखिने दुलर्भ मुर्ति फेला परेको हो । मुर्ती भगवान बुद्ध स्वरुपमा देखिए पनि कुन भगवानको हो भन्ने यकीन हुन सकेको छैन ।

भारतीय क्षेत्र सशराम गाउँको नहर नजिकै मुर्तिफेला पारेपनि सदाले मुर्ती आफेनो घर ल्याएका थिए । सदाले मुर्ती घरमा ल्याएको हल्लापछि भारतीय एसएसबीले नेपाली भुमिमा प्रवेश गरी सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो । पारिवारिक श्रोतको अनुसार माछा समात्न खोज्दा दुर्लभ मुर्ती सदाको हातमा परेको स्थानीय सत्येन्द्र यादवले बताए ।

मुर्तीको लम्बाई लगभग डेढ फिट लामो तथा १५ किलो वजन बराबरको भएको नेकपा युवा नेता सत्येन्द्र यादवले बताए । उनले भने, ‘भारतीय सुरक्षाकर्मीले पोशाक सहित नेपाली भुमिमा प्रवशे गरेर एक नेपालीलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ ।’
यता स्थानीय प्रहरी चौकी र शसस्त्र प्रहरीको प्रमुख एसएसबीको क्याम्पमा सदालाई समातेको बिषय मा सोधखोज गर्न पुग्दा मूर्ति फिर्ता पाए सदालाई छोड़ने भारतीय एसएसबीले कथन छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सदालाई छोडाउन काउन्टर पार्ट छलफल चलिरहेको बताए । उनले मूर्तिको प्रमाण पुग्ने देशसंग मूर्ति हुने भएपनि हाललाई मूर्ति अनुसन्धानको लागि आफ्नै देशमा रहने बताए ।

उनले भने, ‘भारतीय एसएसबीसंग हाम्रो कुरा हुदैछ, उनीहरुले मुर्तिको सम्बन्धमा सोधपुछका लागि लगेको स्विकार गरेको छ, हामीले छिट्टै सदालाई रिहाईको लागि पहल गर्दैछौं ।’

२०७७ भाद्र ४, बिहीबार ०९:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय