
महोत्तरी : महोत्तरीमा बोल्न नसक्ने एक महिलाको मुख बाँधेर सामुहिक बलात्कार भएको छ । गत श्रावण १० गते राती ९ बजे महोत्तरी रामगोपालपुर नगरपालिका ५ कञ्चनपुरकी ३५ वर्षिया बोल्न नसक्ने महिला सामुहिक बलत्कारको सिकार भएकी हुन् ।
सामुहिक बलत्कारको घटना मिलाउन राजनीतिक शक्ति र पैसाको चलखेलमा हालसम्म किटानी जाहेरीका मानिस प्रहरीले फेला पर्न सकेको छैन । राजनीतिककर्मीहरुले पैसा र पावरको खेलमा घटना मिलाउन स्थानीय देखि कन्द्रिय नेताहरु समेत लागिपरेको स्थानीयको आरोप छ ।
घरबाट शौच गर्न निस्किएकी महिलालाई मुखमा रुमाल बाँधेर घर नजिकैको उखु बारीमा लगेर सामुहिक बलत्कार गरेका थिए । सोही क्रममा महिला चिच्याएपछि दुवै युवक भागेपनि घटनास्थलबाट स्थानीयको सहयोगमा मोबाईल र कपडा प्रहरीले बरामद गरेको थियो ।
पिडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ भवानीपुरका २६ वर्षिया जितु मण्डल र सोही उमेर समुहका खुर्के मुखियाले जबरजस्ती गरेका थिए । घटना स्थलबाट आरोपितको कपडा र मोबाईल बरामद भएपनि श्रावण ११ गते किटानी जाहेरीको झण्डै महिना दिन हुन लागेपनि पिडक प्रहरीको पकड भन्दा बाहिर छ ।
तिन सन्तानकी आमा बलात्कृत भएको झण्डै एक महिना हुन लागेपनि प्रहरीले अहिले सम्म घटनामा संलगन दुबै जनालाई नियन्त्रणमा लिन नसकेको स्थानीय राजनारायण मण्डलले गुनासो गरे । उनले भने, ‘आर्थिक रुपमा हामी निकै कमजोर छौं, परिबारले दैनिक ज्याला मजदुरी नगरे मुखमा माड लाग्दैन, तर राजनीतिक दल पैसाको आडमा घटनालाई ढाकछोप गर्न खोजिदैछ, हाम्रो गाउँको बुहारी चेली बलात्कृत भएकी छिन् हामीलाई न्याय चाहिएको छ ।’यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनाको फरार आरोपीहरुको खोजबिन भइरहेको बताए ।
बलत्कारको घटना मिलाउनमा ६ लाख रुपैयाको बार्गेनिङ्ग भइरहेको अडियो टेप समेत सार्वजनिक भएको छ । जुन अन्नपूणर्संग सुरक्षित छ । घटना मिलाउन रामगोपालपुर नपा ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बार्गेनिङ्गको क्रममा ६ लाख रुपैयाँ दिए मिल्ने समेत बताएका छन् । फरार युवकहरु भारत भागेको समेत अडियो टेपको संवादमा भनिएको छ ।
अशक्त महिलालाई न्याय दिलाउन निएपहल गर्नुका साटो पैसा लेनदेनको आधारमा घटना मिलाउन चहलखेल भईरहेको आरेक धनुषाका संयोजक रोजलिङ्ग बच्छार बताउँछीन । उनले भनिन, ‘समाजलाई नै कलंकित बनाउने बलात्कार जस्तो जघन्य अपराधको घटना मिलाउन राजनीतिकदल लग्नु समाजिक अपराध हो ।’
गत बर्ष प्रदेश २ मा जबरजस्ती करणीको ९० वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ । मुलुकी अपराध संहितामा जबर्जस्ती कारणीलाई जघन्य अपराधमा राखी २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । कडा कानुनी व्यवस्था रहे पनि कतिपय घटना त, आर्थिक लेनदेन, लोकलाज र धम्कीका कारण सार्वजनिक नहुँदा कारवाहीमा समस्या भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख धिरजप्रताप सिंह बताउँछन् ।