
काठमाडौं : नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।
नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनसरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश नम्बर २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्तरीका १९ जना, सर्लाहीका ९३ जना र सिराहाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशमा काठमाडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपुरका १८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा दाङका ४ जना, प्युठानका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा अछामका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।