जनकपुरधाम : नियमित डायलाईसिसको बिरामीको उपचार नपाएर मृत्यु भएको छ । बुद्ध आमा बुवासंगै एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर डायलाईसिसका लागि पुगेका एक युवाको उपचार नपाएर मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याबाट पिडित धनुषाको सबैला नगरपालिका २ का प्रमोद महतोको डायलाईसिस अभावमा बुधवार मृत्यु भएको हो ।

वृद्ध आमा-बुवा बाहेक कोही नभएको प्रमोद घरमै सिकिस्त भई डाईलायसिसका लागि एम्बुलेन्समा उपचारका लागि स्पताल आएपनि उपचार नपाउँदा मृत्युवरण गरेको परिवारजनको आरोप छ । मंगलवार सिकिस्त भएका प्रमोद हिडन् बोल्न सक्ने अवस्थामा समेत थिएन् । तैपनि जसोतसो जनकपुर आएका उनलाई बृद्ध आमा-बुवाले सम्हाल्नै मुस्किल थियो ।

आङ सिरिङ हुने उनको चिच्याहटले अस्पतालमा आउजाउ गर्ने स्वस्थ्यकर्मीसँगै अन्य सबैको ध्यान आफुतिर खिचेका थिए । अवस्था यतिसम्म नाजुक थियो कि उनलाई बोल्न सक्ने समेत जिउमा तागत थिएन् । आमा बुवाले काँधमा राखेर जसोतसो उनलाई सम्हालेका थिए । अस्पतालमा आउनसाथ पुर्जा कटाएर उनका आमा बुवा छोरालाई लिएर डाइग्नोसिस कक्षतिर अघि बढ्न खोजे । तर अस्पालका सुरक्षा गार्डले उनलाई रोक्यो ।

छोराको अवस्थाबारे त्यहाँ भएका चिकित्सकलाई हारगुहार लगाउँदै सुनाए तर उनको बोली कसैले सुनेन् । कोरोनाको जोखिम रहेको भन्दै चिकित्सकले पहिले पिसिआर रिर्पोट लिएर आउन लगाए । तर तत्काल पहुँच नभएका प्रमोदका बुवा आमाको लागि पिसिआर रिपोर्ट तत्काल सम्भव थिएन ।प्रमोदको पिडा झन बढ्दै थियो । उनको छटपटाहट अस्पतालमा भएका अन्य बिरामी, कुरुवासंगै त्यहाँ भएका स्वास्थ्यकर्मीले सबै रमिता हेरिरहे तर प्रमोदलाई कसैले छुएन । पेट फुल्नु, वान्ता हुनु जस्ता पिडाले छटपट्टिए जोड-जोडले चिच्याए पनि उनलाई कुनै चिकित्सकले वास्ता गरेन् ।

‘हामीले बिन्तीभाउ लगायौं, तर तर जतिभन्दा पनि उपचार गर्न मानेनन, ‘कोरोनाको कारण हामी भर्ना लिदैनौ । यहाँबाट विरामी लानुस भनेर डाकटरले फर्काइदियो ।’ प्रमोदका बुवा जोगेन्द्र महतोले आँखाबाट बरर…. आँसु बगाउँलै भने, ‘गेटबाट भित्र पनि पस्नै दिएन, छोराको उपचारको लागि त्यहाँका डाक्टरलाई घण्टौ बसेर हार-गुहार लगाए तर कसैले सुनेन् ।’
आफैले भनसुन गरेर उपचार नहुने देखेपछि आफन्तले राजननितीक पहल समेत गरे । तर अस्पतालका चिकित्सकले पिसिआर रिपोर्ट नभएसम्म उपचार नगर्ने सुनेको उनको फुपु ललिता महतोले बताईन् । प्रमोद करिब एकवर्षअघि देखि मृगौला रोगी रहेका थिए । एकसाता अघि काठमाडौँको टिचिङ अस्पतालबाट प्रमोद घर फर्केका थिए । त्यसयता उनी औषधी सेवन गरेपनि उनको अवस्था बिग्रिदै गएको फुफु ललिता देवीले बताइन् ।

मंलवार दिउँसो ३ बजे प्रमोद सहित प्रादेशिक अस्पताल पुगेका आमाबुवा साँझ सात बजेसम्म उपचारको कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउन एम्बुलेन्स चहारे ।। तर कुनै एम्बुलेन्सले घर ल्याउन नमानेपछि अटो भाडा गरेर राति ८ बजेमात्र उपचार बिनै घर फर्किएको उनको भनाई छ ।

यता घटना सम्बन्धन्मा प्रादेशिक अस्पताल जनकपुरले बिहीवार प्रेस विज्ञप्ती जारी गरी मृतक प्रमोदको आमाबुवाले उनलाई बलपुर्वक डायलसिस वार्डमा प्रवेश गराएको जनाएको छ । विरामीलाई ड्युटीमा रहेका स्टाफ नर्सले अनकल फिजिसियन चिकित्सक तथा डायलसिस विभागको प्रमुख चिकित्सक दुबै जनालाई बोलाएर विरामीको चेकजाँच गरेको दावी गरेका छन् । साथै बिरामीले कुनै प्रकारको चिकित्सकिय कागजात लिएर नआएको साथै चिकित्सकले लेखेको कुनै जाँच समेत नगराएको अस्पताल प्रशासनले विना हस्ताक्षर जारी विज्ञप्तिमा भनेको छ ।

https://www.facebook.com/nepalvani2/videos/303081220948017/?t=1

२०७७ भाद्र ४, बिहीबार २१:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय