
- सुरेन्द्र महतो || जोहरबारु, मलेसिया
मलेसियाको क्वालालम्पुर, पेटालिङ्ग जाया मा रहेको डि.एम.पि.जे.सेक्युरिटी गार्ड कम्पनीमा कार्यरत रहेका नेपाली कामदारहरु द्वारा सोही कम्पनीको सेक्युरिटी अफिसर सुशील कुमार महतोको पहलमा एकमुस्ट रकम रु.30,800 |- सहयोग गरेको छन् ।
धनुषा जिल्लाको सबैला नगर पालिका वडा न.10 का राजेश कापर को 2 वर्षको छोरा रितिक कापरलाई मिति 2076-12-07 गते b-cell acute lymphoblastic leukemia ब्लड क्यान्सर भएको थाहा भयो र अहिले माहारजन्ज,काठमाडौं को कान्ति बाल अस्पतालमा उपचार हुदैछ। उपचार निकै मह्ङगो लगभग 15 देखी 20 लाख सम्म लाग्ने भएकोले र लामो समय सम्म चल्ने हुदा आफू गरिब परिवार बाट भएकोले गर्दा त्यति ठुलो रकम जम्मा गर्न नसक्ने राजेश कापर ले जानकारी दिए।
साथै केही दिन अगाडि आफ्नो फेसबुक मार्फत आफ्नो मो.न.+9779817689279 अनि एभरेष्ट बैंक लिमिटेड काठमाडौं ब्रान्च को खाता नम्बर = 01400501211337 दिएर देश -बिदेशमा बस्नु सम्पूर्ण दाजुभाइ ,दिदिबहिनीहरुमा सहयोग गरिदिनुहुन अनुरोध गरेको थिए ।
फेसबुकमा राखेको 3/4 दिन पछि मलेसिया क्वालालम्पुर को Dataran millennium square petaling jaya कम्पनीको सेक्युरिटी अफिसर सुशील कुमार महतोले फेसबुकमा हेरेपछि सहयोग गर्ने मन भयो र आफ्नो कम्पनीको सेक्युरिटी गार्डका साथीहरू र हाउस क्लिनिङ्ग का साथीहरू सङ्ग सल्लाह गरि सम्पुर्ण साथीहरू रकम जम्मा गरि नेपाली रु. तीस हजार आठ सय राजेश कापरको खातामा जम्मा गर्यो र साथै उहाको बच्चा चाडो भन्दा चाडो निको हौस भनेर स्वास्थ लाभको कामना गर्दै अरु सहयोगि मन हरुलाई यो बच्चाको निमित्त सहयोग गर्न आग्रह पनि गरे।
