काठमाडौं : सुनको मूल्य फेरि बढेको छ ।

आइतबारको तुलनामा सुनुको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९७ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


२०७७ भाद्र १५, सोमबार १२:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु