
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा कोरोना संक्रमित महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ ।
संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्सन ईश्वरी पौड्यालले बताए ।
ती महिलामा भदौ ११ गते कोरोना पुष्टि भएको थियो । आइतबार अचानक स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु फोकलपर्सन पौड्यालले बताए ।
बुटवलमा भेन्टिलेटर र आइसियु खाली नभएको जानकारी पाएपछि भैरहवा पठाइएको पौडेलले बताए । रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला स्वास्थ्य कार्यलय, रुपन्देहीले जनाएको छ ।