बर्दिबास : “युवा अभियान नेपालको प्रयास, लागू औषधमुक्त बर्दिबास” भन्ने मुल नाराका साथ सडक नाटक ‘बिम्ब प्रतिबिम्ब’ मार्फत युवाहरूको मनमुटुमा बस्न सफल संस्था युवा अभियान नेपाल, बर्दिबास हो ।

यस सस्थाले बिगतमा युवाहरूलाई सहि मार्ग निर्देश गर्न लागुऔषध बिरूद्ध सडक नाटक, विद्यालयमा प्रशिक्षण, समुदायमा लक्षित युवा र अभिभावकहरूसङ्ग दुर्ब्यसनी र यसको प्रभावका बारेमा गहन छलफल गरिएको सर्वबिदितै छ ।

आज पुनः एकपटक अर्को अनुपम काम गरेर संस्थाको २६ जना सदस्य र कलाकारहरूलाई गर्व महसुस गराउने गरि संस्थाका अध्यक्ष श्री विष्णु कुमार बम्जनले जनही १००,०००/- (अक्षेरूपी एकलाख) मात्रैको जम्मा २६,००,०००/- ( अक्षेरूपी छब्बीस लाख) मात्रैको आफ्नै खर्चमा कोरोना बिमा गरी उदार समाजसेवी वा कुशल नेतृत्वको पहिचान सबैसामु पेश गर्नु भएको छ।

संस्थाले हालसालै कोरोनाबाट बच्ने उपायबारे सामाजिक सन्जालमै अडियो भिडियो सन्देश प्रसार गरी जनचेतना जगाउने कामसमेत गरेको समितिका कलाकार ममता अधिकारीले जानकारी गराउनु भयो । संस्थाको कामबाट आफू एकदम हर्षित र उत्साहित रहेको बताउदै अर्की कलाकार सबिना लामगादेले यस संस्थाको जस्तै असल, इमानदार र कुशल नेतृत्व सबैतिर हुने हो भने देशमा सम्वृद्धी सम्भव रहेको बताउदै युवा अभियान नेपालले गरेको काम सबैको लागि सधैंको लागि अनुकरणीय रहेको बताइन ।

२०७७ भाद्र १५, सोमबार २१:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय