
गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।