इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सहित १३ प्रहरी संक्रमणमुक्त

सिराहामा प्रहरी नायव उपरीक्षक ९डिएसपी०सहित ३३ जना कोरोना जितेर घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० सन्तु जैसवालसहित ३३ जना कोरोना जितेर घर फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्जसमेत रहेका प्रहरी नायव उपरीक्षक जैसवालसहित चारजना प्रहरी र ६ जना थुनुवा डिस्चार्ज भएका छन् । डिएसपी जैसवालसहितका प्रहरी र थुनुवाहरू होम आइसोलेसनमा थिए ।

यस्तै, इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज रहेका प्रहरी निरीक्षक जनक पुरीसहित १४ जना डिस्चार्ज भएको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालका इन्चार्ज डा सुभाष मण्डलले बताए । प्रहरी निरीक्षक पुरी, १२ प्रहरी र दुईजना स्थानीय कोरोना जितेर डिस्चार्ज भएको डा। मण्डलले बताए । प्रहरी अधिकृत र कर्मचारीहरू होम आइसोलनमा बस्दै आएका थिए ।

यस्तै चन्द्र माध्यमिक विद्यालय सिराहाको आइसोलेसनबाट विभिन्न स्थानीय तहका नौजना डिस्चार्ज भएका छन् । मिर्चैया नगरपालिकाका तीन, विष्णुपुर गाउँपालिकाका दुई, सिराहा नगरपालिकाका दुई, नरहा गाउँपालिकाका एक र कर्जन्हा नगरपालिकाका एकजना कोरोना जितेर घर फर्किएको ।

महेन्द्र गेनाई कोरोना अस्पतालमा १६ जना र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा ३९ जना कोरोना संक्रमित उपचाररत रहेको छ । 

२०७७ भाद्र १९, शुक्रबार २०:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय