सिरहा : सिरहामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु र दुई जना गम्भिर घाइते भएका छ्न ।

सिरहाको नरहा गाउँपालिका वडा नं. ५ बलुबा टोल नजिकै सिरहा चोहरबा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु र दुई जना गम्भिर घाइते भएका भएको प्रहरीले जनाएको छ । मृतक र घाईतेहरुको सनाखत हुन बाकी रहेको बताए ।

घाईतेहरुलाई नजिकको अस्पतालमा उपचारको लागि लगिएको बताए । दुर्घटना सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीब्र ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको स्थानीयले बताए ।

२०७७ भाद्र २०, शनिबार ०९:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय