सिरहाको एक गाउँपालिकामा धान खेतमा पानी हाल्न नदिए पछि दुई पक्षबीच झगडा भएको छ । सिरहाको बरियारपट्टि गाउँपालिकाको वडा नम्बर १ कचनारीमा धानमा पानी हाल्ने विषयलाई लिएर भएको विवादले उग्ररुप लिएपछि ३ प्रहरी सहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।
शुक्रबार राती करीब ९ बजे स्थानीय रामनाथ यादव र बिजय यादवबीच धानमा पानी पठाउने विषयलाई लिएर भएको विवादले उग्ररूप लिएपछि झगडा भएको हो । स्थानीय अजय यादवको खेतमा रहेको बोरिङ मा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट धान खेतमा पानी पहिले कसले हाल्ने भन्ने विषयमा विवादले झगडाको रुप लिएको थियो । मोटर, २ बोरिङ र जग्गा भने स्थानीय अजय चौधरीको हो ।
दुई जना बीचको पुरानो रिसइवीका कारण झगडा भएको स्थानीयले बताएका छन् । खेतमा पानी हाल्ने निहुँ मात्रै भएको स्थानीयको भनाइ छ । झगडामा घाइते हुनेमा दिनेश कुमार यादव भगतको १० टाँका लगाउनु परेको छ भने श्याम कुमार भगतलाई ४ र मिथिलेश यादव लाई ३ टाँका लगाइएका छन् । सिरहा सदरमुकामको सरकारी अस्पतालमा उपचार गरिउको छ । 
उता १० जनाको एक समुहले स्थानीय राज कुमार यादवकी श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको पीडितले बताएका छन् । शान्ति सुरक्षाको लागि भन्दै घटनास्थल पुगेका नेपाल प्रहरीका दुई जवान पनि जवान र बोडर चेक पोस्ट कचनारी सशस्त्र प्रहरीका इन्स्पेकटर सुर्य धमलासमेत घाइते भएका छन् । घाइते भएका प्रहरी जवानको परिचय भने खुलाइउको छैन् ।
घटनामा संलग्न रहेको आरोपमा एक युवालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको थुनुवा गृहमा राखिएको छ । युवालाई छानबिनका पक्राउ गरिएको इन्स्पेकटर अरबिन साहले जानकारी दिनुभयो ।


२०७७ भाद्र २१, आईतवार ०९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय