
मोरङ: मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको हो ।
१० दिन होम आइसोलेसनमा बसेका ती वृद्धमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका बेला श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही भदौ २० गते अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।