जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकामा काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

आइतबार राति १२ बजेतिर काठ ओसार पसारको विषयमा झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिनेक्रममा ६०/७० जना स्थानीयबासीसँग झडप भएको हो ।

ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ भाद्र २२, सोमबार १३:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय