जनकपुरधाम : सिरहाका एक जना कोरोना संक्रमितको धनुषामा मृत्यु भएको छ । जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको आईसोलेशनमा भर्ना भएका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका ५ का ६२ वर्षीय पुरुष रहेको छ ।

मधुमेह र उच्च रतmचापका विरामी रहेका उक्त पुरुषलाई चार÷पाँच दिनदेखि ज्वरो सहित टाउँको दुखाईको समस्याबाट पिडित थिए । पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार सिरहा कर्जन्हा स्थित फूल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।

कर्जन्हामा पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा ग्यास लगायत अन्य जेनरल स्र्टोर्सका सरसामानहरु राखेर व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका थिए । संक्रमित उपचारको क्रममा आईतवार रात्रिकालिन समय ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०७७ भाद्र २२, सोमबार १६:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय