
जनकपुरधाम : नेपाल भारत वोर्ल्ड देवेलोप्मेंट फोरम धनुषाको भेला सोमबार सम्पन्न भएको छ ।
उक्त भेलामा नेपाल भारत वोर्ल्ड देवेलोप्मेंट फोरम धनुषाको अध्याक्ष रवि नायकले नयाँ र दिगो रणनीतिको साथ अगाडी बढ्नुपर्नेमा जोड़ दिएका छन् ।
धनुषा जिल्ला र जनकपुर उप महानगरपालिका नेपाल भारत वोर्ल्ड देवेलोप्मेंट फोरमको प्रधिकारीहरुको बार्तालाप समेलनमा अध्याक्ष नायकले समितिलाई जिल्लाको हरेक नगरपालिका, गाउँपालिका संगै हरेक वार्ड वार्डमा संस्था विस्तार गर्नुपर्ने उनले बताए ।
दुई देशको समबन्ध अझै अठोठ र मजबुत होस् तथा दुवै देशको प्रगति निमित गठित भएका सङ्गठनले नयाँ र दिगो रणनीतिको साथ अगाडी बढ्ने उनले बताए ।
तत्काल धनुषा जिल्लाको बिकाश निमित धनुषा जिल्लामा सरसफाई र धार्मिक स्थल सौन्दर्यकरण निमित पहल गरिने बताए ।
त्यस्तै गरि धनुषा जिल्लाका कुनै पनि नागरिक भारत देशमा केहि समस्यै परेमा सम्बन्धित निकाय संग समन्वय गरेर सहयोग गर्ने लगायतका विषयमा उक्त भेलामा छलफल भएको थियो ।