काठमाडौँ : सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।

गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो।


२०७७ भाद्र २३, मंगलवार १३:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु