काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंकी ८० वर्षीय एक महिलासहित देशभर थप ६ जना संक्रमितको मृत्यु भएको छ।

१ महिलासहित ५ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। सुनसरीको ७० वर्षीय पुरुष, पर्साका ५४ वर्षीय,६० वर्षीय र कपिलवस्तुको ६२ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए।

योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ। मंगलबार थप ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। यो संख्या कुल संक्रमितको ६८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ। हाल क्वारेन्टाइनमा ५ हजार ३१० जना छन्।


२०७७ भाद्र २३, मंगलवार १८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय