
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्।
काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ।