
काठमाडौँ : नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए ।
२४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ पीसीआर परीक्षण भएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ ।
बुधबार अपराह्नसम्म सक्रिय संक्रमित १७ हजार ४ सय १४ रहेको प्रवक्ता गौतमले बताए । त्यस्तै क्वारेन्टाइनमा संख्या ७ हजार १ सय ४ रहेको छ ।