मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकमा बुधबार राति फलफूल र तरकारी पसलमा आगलागी भएको छ । श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। 
उनका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गामा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए । फुलफूल र तरकारीको गोदाम नै रहेको घरमा राति १० बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको प्रहरी ढकालले बताए । उनका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। 
आगो बेलबारी र सुन्दरहरैँचा नगरपालिकाबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा लिन सकेका कारण अन्त फैलिएर थप क्षति हुन नपाएको ढकालको भनाइ छ । 


२०७७ आश्विन ८, बिहीबार १०:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय