• नेपालवाणी / जनकपुरधाम

प्रदेश २ का एक सचिवलाई मन्त्रीले हाजिर हुन नदिएको गुनासो सचिवले गरेकी छिन् । प्रदेश २ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भई आएका सचिव सम्झना काफ्ले बुधबार दिउँसो हाजिरी हुन पुगेपनि मन्त्रीले उनलाई रोकेको हो । सचिव काफ्ले हाजिरी हुन पुग्दा कर्मचारीहरुले भेटघाट र स्वागत गरेपनि मन्त्री शैलेन्द्र साह रउनका स्वकीय सचिव लगायतका केही व्यक्तिहरुले हो–हल्ला गर्दै हाजिरी रजिष्टर खोसेको एक कर्मचारीले बताएका छन् ।

मन्त्रालयको एक कर्मचारीका अनुसार मन्त्रीको सचिवालयका सदस्यहरुले सचिवको कार्यालयमा ताल्चा लगाएपछि मन्त्रालयको वातावरण बिगरिएको थियो । मन्त्रीकै आदेशमा उनलाई हाजिरी हुन नदिइए पछि केहीबेर हो–हल्ला भएको थियो । मन्त्रालयका निमित्त सचिव विजय महतोको अगुवाईमा सामान्य भेटघाट तथा स्वागत कार्यक्रम राखिएपनि मन्त्री र सचिवालयका कर्मचारीले हो–हल्ला गर्दै विथोलेपछिसचिव काफ्लेलाई मलिनो अनुहार सहित फर्किन बाध्य हुनुपरेको थियो ।

‘म हाजिरी हुन पुगेको थिएँ। तर त्यहाँ हाजिरी हुने वातावरण नभएँपछि त्यतीकै फर्किन बाध्य भएँ ।’ उनले भनिन् । प्रमुख सचिव अर्जुन पोखरेलसंग छलफल पश्चात उनले भनिन, ‘यस्तो अवस्थामा म कसरी काम गर्नु ? यस्तो अवस्थामा काम गर्ने वातावरण नै हुदैन् अब मलाई हाजिरी हुन पत्र नदिए सम्म अब यहाँ आउदिन ।’
सचिवलाई हाजिर हुन नदिएको विषयमा मन्त्री साहले छलफल जारी रहेकोले प्रतिक्रिया दिन नमिल्ने जनाए । साथै उनले संघीय सरकारले छोटो अवधिमा सचिव फेर्न परिपार्टी गलत रहेकोे बताए । केही साता अअघि मन्त्री शैलेन्द्र साहले सामाजिक सञ्जालमा छोटो अवधिमै सचिव फेरिनुले कार्य सम्पादनमा कठिनाई भईरहेको आशय पोष्ट गरेका थिए ।

मन्त्री साह खुलेरै कर्मचारी अभावलाई लिएर आक्रोश पोखिरहँदा उनकै मन्त्रालयमा सरुवा भएर आएका एक सचिवलाई हाजिरी हुन नदिईनु बहानाबाजी भएको एक कर्मैचारीले बताए । श्रोतका अनुसार मन्त्री अनुकुलको सचिव नपठाइएकोले हाजिरी हुन नदिइएको बताइएको छ । पटक पटक प्रदेश २ सरकार र संघ सरकार बिचको टकराव बढ्दै गई रहेको समयमा सचिवलाई हाजिरी हुन नदिनुले टकराव झन बढ्ने आकलन गरिदै छ ।

मन्त्रालयमा सचिव हाजिरी हुन नदिएको घटनाको केही घण्टा नबित्दै मन्त्री साहले समाजिक सञ्जालमा लेखेका छन, ‘म कसैको आदेशपालक नभई जनादेशको पालना गर्छु, यही अवस्था रहे म पद छोड्न समेत तयार रहेको छ ।’ भनी स्टैटस लेखेका छन् ।

२०७७ आश्विन ९, शुक्रबार ०८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय