
काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५) वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षिय पुरुष, रुपन्देहीमा ७२ वर्षिय पुरुष, बर्दियामा ६३ र ५० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
आज नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।