• गोबिन्द महतो

जनकपुरधाम : जबरजस्ती करणीको आरोपमा एक वण्डा सचिवलाई पक्राउ गरिएको छ । महोत्तरीको महोत्तरीको भंगहा नगरपालिका ९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिवलाई पक्राउ गरिएको हो ।

सोही वडाका एक महिलालाई भंगहा नगरपालिका वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको महिलाको आरोप छ । घटना पश्चात् ९ बजे आरेपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाई छ । ‘बलात्कार भए नभएको त्यसको पुष्टी मेडिकल परिक्षण पछि मात्रै हुन्छ, अहिल केही भन्न सकिन्न । महिलाले दिएको बयानकको आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको छ, थप अनुसन्धान मेडिकल परिक्षण पछि मात्र खुल्छ’ प्रहरी उपरीक्षक केसीले भने । अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ । स्थानीयहरुका अनुसार वडा सचिव यादव राति अत्याधिक मदिरा सेवन गरेका थिए ।

२०७७ आश्विन १५, बिहीबार १०:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय