
काठमाडौं । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीविरुद्ध ग्रेटर नोएडाका ईकोटेक वन पुलिस स्टेशनमा एफआईआर दर्ता भएको छ ।
पुलिसले उनीहरुसहित कांग्रेसका २०३ जना नेताहरुविरुद्ध एफआईआर दर्ता गराएको हो । उनीहरु सबैलाई संगीन धारा लगाईएको बताइएको छ ।

मुद्धा गौतमबुद्ध नगर पुलिसले दर्ता गराएको हो । मुद्धा धारा १४४ को उल्लंघन गरिएको धन्दै खर्ता गराईएको हो ।
उनीहरुलाई महामारीमा आम नागरिकको जीवन संकटमा पारेको अभियोग लगाइएको छ ।
उनीहरु बिहीवार बाथरस सामूहिक बलात्कार पछि मृतकका परिवारलाई भेट्न गएका थिए । जस क्रममा उनीहरुसँग पुलिसको झडप भएको थियो ।