काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी निजी सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जसकारण ट्रम्प र श्रीमती मेलानिया ट्रम्प होम क्वारेन्टाइनमा बसेका छन् । उनकी निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण भएको हो ।

कोरोना सिम्टम्स पछि उनले कोरोना टेस्ट गराएकी थिइन् । उनी अमेरिकी राष्ट्रपति ट्रम्पको साथमा एयर फोर्स वनमा नियमित रुपमा यात्रा गर्थिन् ।

हालै मात्र पनि उनी अन्य वरिष्ठ सहयोगीको साथमा प्रेसिडेन्ट डिबेटका लागि क्लीवल्याण्ड गएकी थिइन् ।

२०७७ आश्विन १६, शुक्रबार ०९:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय