
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको निजी सचिवालयले राजदूत नियुक्ति सम्बन्धमा मन्त्रीका बारेमा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
मन्त्रीका निजी सचिव निरज पौडेलले आज विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ति र समावेशिता सन्दर्भबारे मन्त्री त्रिपाठीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारे ।