काठमाडौं । कोरोना भाइरसको महामारी अहिले साार विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

COVID-19

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

COVID-19

यसैबीच एक शोध पछि एक्सपर्टले कोरोा भाइरस म्यूटेट गरिरहेको र यसैको माध्यमबाट धेरै नयाँ केस देखिईरहेको बताएका छन् ।

यो नयाँ रुपले मास्क र सोसल डिस्टेन्सिङलाई पनि चक्मा दिन सक्ने बताइएको छ ।

COVID-19

वाशिंगटन पोस्टमा छापिएको रिपोर्टका अनुसार अहिलेसम्म सबैभन्दा ठूलो अनुवंशिक स्टडीबाट अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा कोरोनको दोश्रो लहरको रुपमा ९९.९ प्रतिशत केस कोरोनाका नयाँ म्यूटेशन डी६१४जी रहेको बताइएको छ ।

कोरोना भाइरसको नयाँ स्ट्रेन डी६१४जीलाई लिएर पहिला पनि विभिन्न जानकारी आईसकेका छन् । तर नयाँ स्टडीमा वैज्ञानिकले नयाँ म्युटेशनको बारेमा विभिन्न जानकारी दिएका छन् ।बुधवार यो स्टडी।। जर्नलमा प्रकाशित गरिएको छ ।

COVID-19

नयाँ म्युटेशन धेरै संक्रामक भएको र तुलनात्मक रुपमा कम खतरनाक भएको बताइएको छ । रिसर्चसका अनुसार कोरोनाले नयाँ मोडलमा आफ्नो रुप परिवर्तन गरेको हो ।

जसबाट अब सोसल डिस्टेन्सिङ र मास्कलाई पनि बेकार साबित गरिदिन सक्छ ।

२०७७ आश्विन १७, शनिबार १३:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय