
काठमाडौँ ।आज देशभर थप २ हजार २ सय भन्दा बढी संख्यामा कोरोना पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज लगातार तेस्रो दिन २ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।
योसहित कूल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । जसमध्ये ५ सय ३५ जनाले ज्यान गुमाएका छन् भने ६४ हजार ६९ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
अहिले देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा ७ जनाको निधन भएको हो भने १ हजार ३ सय २९ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भैसकेको जनाएको छ